०२ जेठ,काठमाण्डौ नेपाली टोलिका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीहरुको लिस्ट सार्वजनिक गरेकाछन् । आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण र विश्वकप छनोट खेलका लागि नेपालले बुधबारबाट प्रशिक्षण थालेको हो । नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ ।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

बन्द प्रशिक्षणमा डाकिएको नेपाली टिम
गोलरक्षक – किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर –रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर – विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान
फरवार्ड – भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा


