रौतहट २५ बैशाख/ कोरोना भाइरस (कोविड -९) नियन्त्रण तथा संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको एक साताको निषेधाज्ञाका कारण रौतहट पूर्ण रुपले बन्द भएको छ ।शुक्रवार राति १२ बजे बाट जारी भएको निषेधाज्ञाका कारण रौतहटको सदरमुकाम गौर लगाएत जिल्ला पूर्ण रुपले बन्द भएको छ छ । रौतहटका मुख्या क्षेत्रहरु चन्द्रनिगाहपुर , गरुडा , गौर , कटहरिया , बालचनपुर , बागमति शिवनगर लगायत ब्यापारिक क्षेत्रहरु पुर्ण रुपमा बन्द भएपछि सुनसान देखिएको हो । जिल्लाका सम्पुर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन । अत्यावश्यक औषधी, खाद्यान्न, दुध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहान देखी नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थीती रहेको छ ।
बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न जाने स्थानियलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । निषेधाज्ञाको बेला घुमफिरका उदेश्यले निस्कनेहरु प्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन । गौरको विपी चोक देखी भन्सार क्षेत्र सम्मको सडकखण्ड लगभग सुनसान रहेको छ । एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।
पुर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा प्रहरी निरीक्षक अरबिन्द साहको कमाण्डमा प्रहरी बिहानैदेखि गस्तिमा खटिएका छन । सो टोलीले दर्जन बढी सवारी साधान नियन्त्रणमा लिएको र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पुर्ण रुपमा पालना गराउन आज बिहानैबाट सवारी साधान,ब्यापारी प्रतिष्ठान ,होटल तथा पसल पुर्ण रुपमा बन्द गराउदै हिडेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई किरण अधिकारीले बताउनु भयो ।
जिल्लाको मध्य बजार गरुडा पनि प्रहरीले आफ्नो उपस्थीती बढाएको छ । निषेधाज्ञाको अवहेलना गर्ने लाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेकोछ । गरुडामा पनि बजार पूर्ण रुपमा बन्द रहेको छ । शिवनगर, कटहरीया, समनपुर लगायतका बजार पनि ठप्प रहेका छन ।
कोराना त्राशका कारण रौतहटमा स्थानियहरु घर भन्दा बाहिर निस्कीन चाहेका छैनन । चन्द्रनिगाहपुरको बजार पनि सुनसान रहेको छ भने अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि विक्रम शाहले बताए ।