निजगढ,०३ जेठ ।
निजगढ नगरपालिकाले कोरोना संक्रमितले प्रयोग गर्न मिल्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने प्रकृतिको औषधिहरु निशुल्क वितरण गर्ने भएकोछ । निजगढ नगरपालिकाको सोमबार सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित र संक्रमितका परिवारलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भिटामिन सी,बी कम्प्लेक्स,जिंक चक्की लगायतका औषधिहरु खरिद गरि निशुल्क वितरण गर्ने निर्णय गरिएको मेयर सुरेश कुमार खनालले बताउनुभयो।
बैठकले नगर भित्र संचालित बैंक तथा वित्तीय संस्थाहरुमा एटिएम सेवा बाहेक अन्य सम्पूर्ण बाह्य सेवाहरु यथावत रुपमा बन्द गर्ने निर्णय गरेकोछ । तेसैगरी नगर भित्रका नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा पनि रोक लगाईने भएकोछ । कोरोना नियन्त्रणकोलागी नगर क्षेत्र पूर्ण रुपमा बन्द गरिएको अवस्थामा नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा वृद्धि हुनथालेपछी जेठ ७ गतेसम्मकोलागी नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाईएकोहो । बैठकले कृषक तथा पशु पालन व्यवसायलाई मध्यनजर गर्दै मकै र दुग्धजन्य पदार्थ ओसारपसार तथा निकासिकालगी अनुमति दिने निर्णय पनि गरेकोछ ।
आवरण निजगढ नगरपालिकाले कोभिड संक्रमित र परिवारलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि...