वैशाख २३, वीरगन्ज
नारायणी अस्पतालमा बुधबार राति १९२ जनाको स्वाब परीक्षण गर्दा १५१ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासका अनुसार ६ वर्षदेखि ८८ वर्ष उमेर समूहका १५१ जना संक्रमित थपिएका छन् ।
बुधबार राति १९२ जनाको स्वाब परीक्षण गर्दा १०९ जना कोरोना संक्रमन पर्सा जिल्लामा रहेको छ । १०९ जना मध्ये ९४ जना वीरगन्ज महानगरपालिकाका व्यक्ति रहेका छन् भने ३० जना बारामा ७ जना सर्लाहीमा र ५ जना रौतहटका रहेका छन् । १५१ पोजेटिभमध्ये १३२ जनाको पीसीआर विधिबाट र १९ जनाको एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएको हो डा दासले भने संक्रमितमा ५६ जना महिला रहेका छन् ।