०१ जेठ,
बिरामी भएको बेला प्रतिरक्षा प्रणाली कमजोर हुने गछ्र्र्र ।
जसकारण शरीरको प्रतिरक्षा प्रणालीलाई बढावा दिनेखालका खानेकुराको सेवनमा जोड दिनुपर्ने हुन्छ । यस्तो समयमा पचाउन सजिलो हुने, पोषक तत्वले भरिएको खाना तथा धेरै मात्रामा तरल पदार्थ पिउन सुझाव दिइन्छ । प्रतिरक्षा प्रणालीलाई बढावा दिन र छिटो निको हुन पानीको मात्रा उच्च भएको खाद्य पदार्थको सेवन गर्न सिडिसीले सिफारिस गरेको छ ।
ज्वरोबाट ग्रस्त भएको बेला कुखुराको मासुको सेवन गर्न सुरक्षित हुन्छ । कुखुराको मासु प्रोटिन र फाइबरले भरिएको हुन्छ, जुन ज्वरो आएको बेला शरीरलाई चाहिने दुई अति महत्त्वपूर्ण पोषक तत्व हुन् । जसकारण ज्वरो आएको बेलामा चिकेन सुप (कुखुराको मासुको झोल) बनाएर खान उचित हुन्छ । तातो तरल पदार्थले शरीरलाई छिटो निको पार्न मद्दत गर्छ । साथै, कुखुराको मासुमा हुने प्रोटिनले शरीरलाई निको पार्नका लागि पर्याप्त ऊर्जा दिने गर्छ ।
चिकन सुप तरल पदार्थ र इलेक्ट्रोलाइट्सको स्रोत हो, जसले शरीरलाई हाइड्रेटेड राख्न सहयोग पुराउँछ । चिकेन सुप प्राकृतिक डिकन्जेस्टन्ट पनि हो जसले खोकीलाई कम गर्नुको साथै बन्द भएको नाकलाई खोल्न मद्दत गर्छ । न्यूनतम तेल र मसला राखेर बनाएको कुखुराको मासुको सुपले बिरामी हुँदा छिटो निको हुन सहयोग पु¥याउँछ ।
तर, कुनै पनि प्रकारका फ्राइड वा धेरै मसला, तेल, क्रिमलगायतका सामग्री राखेर बनाएको कुखुराको मासुको सेवनले निको हुने प्रक्रियामा बाधा पुर्याउछ ।त्यस्ता मसला राखिएको खानालाई पचाउन गाह्रो हुन्छ । साथै यसले शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउनुभन्दा पनि शरीरलाई थप कमजोर बनाउ सक्छ ।
ज्वरो आएको समयमा फ्राइ गरिएका, धेरै तेल वा मसला प्रयोग गरिएको कुखुराको मासुको सेवन गर्नु उचित हुँदैन । मासु नखाने मानिसले कुनै पनि तरकारीको तातो सुप बनाएर खान सकिन्छ । सुपमा सिमी, दाल, आलु, ब्रोकाउली जस्ता अन्य प्रतिरक्षा–बढाउने खानालाई समावेश गरे अझ राम्रो हुन्छ ।