रौतहट २९,बैशाख
मुटु तथा लिभर रोग बाट ग्रसित गुजरा नगरपालिका -८ पोखरभिन्डा निवासी मिथुन हजरालाई सहयोग प्रदान भएको छ । चन्द्रपुर निवासी समाजसेवी दुई युवा बलिराम चौधरी र बसन्त आचार्यले हजरालाई खाधान्न सहयोग गरेका हुन । आर्थिक अवस्था एकदम कमजोर भइ हातमुख जोड्न समेत समस्या भएको समाचार सामाजिक संजालमा आएपछि चन्द्रपुरका युवा तथा समाजसेवी चौधरी र आचार्यले पिडित परिवारलाई २ बोरा चामल उपलब्ध गराएका छन । भोक सबैलाई लाग्छ, पीडा सबैलाइ हुन्छ,तरपनी केहि दिन आफुले आधि पेट खाइ, आधी पेट अरुलाई खुवाउँदा थोरै भएपनि अरुको पीडा भाग्छ भन्ने मान्यताको साथ् सहयोग गरेको समाजसेवी बलिराम चौधरीले बताए । आचार्य र चौधरी यस अघि पनि विभिन्न सामाजिक कार्यमा संयुक्त रुपमा अग्रसर छन् ।
आवरण चन्द्रपुरका दुई युवाले गरे मुटु तथा लिभर रोग बाट ग्रसित हजरालाई सहयोग