बर्दिबास/ गौतम होटल बर्दिबास महोत्तरीका कर्मचारीहरुले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रकम सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा काम गरिरहेका पत्रकारहरुको उपचार तथा पारिवारिक सुरक्षाका लागि ५१ हजार ७ सय ३५ रुपैयाँ सहयोग गरिएको गौतम होटल बर्दिबासका व्यवस्थापक राजकुमार दाहालले बताए।
पत्रकारहरु जनताको स्वास्थ्य सुरक्षाका लागि कोरोना महामारीमा काम गरेको देखेर हामी खुशी छौं,’होटलका व्यवस्थापक दाहालले भने,‘ संचारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि छाक कटाएर हामीले आफ्नो कर्मचारी कोषमा जम्मा गरेको थोरै रकम भएपनि सामाजिक हितका लागि सहयोग गरेका हौं।’
दिनरात समाजिक हितका लागि खटिरहेका पत्रकारहरु कोरोना महामारीको जोखिममा पर्दै गएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले जनाए। जीवनभर समाजिक खुसीका लागि सक्रिय रहँदै आएको पत्रकारहरु जोखिम उठाएर कोरोना महामारी नियन्त्रणका लागि खटिरहेको बताउँदैं कोरोनाबाट संक्रमित भए उनीहरुको उपचार र पारिवारिक सुरक्षाका लागि विपद् व्यवस्थान कोषमा मनकारी मनहरुलाई आर्थिक सहयोग गरिदिन अध्यक्ष मण्डलले सबैमा अपिल गरेका छन्। यसअघि बर्दिबास हेल्प फाउण्डेसनले कोषमा ५० हजार सहयोग प्रदान गरेको थियो।

अघिल्लो सामग्रीनिजगढ नगरपालिकाले कोभिड संक्रमित र परिवारलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि निशुल्क वितरण गर्ने
यसपछिको सामग्रीकिट अभाव हुदाँ संक्रमणको जोखीम