जेठ, ०४ रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा एक जनप्रतिनिधिको ज्यान गएको छ ।रौतहटको गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईशवर राय यादवको उपचारको क्रममा ज्यान गएको हो । विगत १५ दिन देखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा रहेका यादवको हिजो बेलुका मृत्यु भएको परिवार को स्रोत ले जनायो ।संक्रमण पुष्टि भएर थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षिय यादवको स्वास्थ्य झन जटिल बनेको र हिजो बेलुका निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताए ।
आवरण कोरोना संक्रमणका कारण वडाध्यक्ष को मृत्यु