२७ बैशाख, काठमाडौं
प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताका हितमा काम गर्न कहाँ कसले रोक्यो रु भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन्।थाहा पाउँदापाउँदै केपी ओलीले विश्वासको मत मागेको भन्दै यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा देउवाको भनाइ छ। हाम्रो संविधानले प्रधानमन्त्रीलाई कार्यकारीको सम्पूर्ण अधिकार दिएको छ। देश र जनताका हितमा काम गर्न उहाँलाई कसले कहाँ रोक्यो, उनले भने।उनले संविधान निर्माण भइसकेपछि पहिलो संसदीय निर्वाचनमा तत्काल एमाले र माओवादीको गठबन्धन मिलेर सरकार बनेको भन्दै तीन वर्ष नपुग्दै बहुमत पाएको प्रधानमन्त्रीले विश्वासको मत माग्नु विडम्बना भएको बताए। उनले भने, यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ।
उनले प्रमुख प्रतिपक्षी दलका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको बताए । ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने रु’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ रु’उनले संविधान कार्यान्वयनमा सरकार असफल भएको बताएका छन् । देउवाले प्रदेश सरकारले संविधान अनुसार काम गर्न नसकेको भन्दै यस्तो बताएका हुन् । यसले कानुनी व्यवस्थापन फितलो भएको उनको भनाइ छ ।नागरिकको मौलिक हक र सूचनाको हकमाथि प्रतिबन्ध लगाउने काम भएको भन्दै उनले सरकारको आलोचना गरे । देउवाले आम जनतामा ओलीले सरकार भएको अनुभूतिसम्म गर्न नसकेको बताए । ओलीले गरेको रेलको कथा, पानी जहाजको कथा, घरघरमा ग्यास, कोही भोकले मर्दैन भनेर गरेका वाचा पुरा नभएकोप्रति आपत्ति जनाए ।
देउवाले प्रश्न गर्दै भने, कसैले रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने कुरा कहाँ गएँ यो सरकारको गठनपछि देशमा अपराध बढेको देउवाको आरोप छ । सरकार अपराधिको संरक्षणमा सरकार लागिपर्दा अपराध बढेको उनको भनाइ छ ।
महिला र बालबालिका सबैभन्दा बढी असुरक्षित भएको उनको भनाइ छ । सरकारले अधिनायकवाद र सर्वसत्तावादको अवलम्बन गर्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको देउवाको भनाइ छ । ‘आम मानिस अभाव चिन्तामा छन् । यो अवस्थामा सरकार अभिभावक बन्न सकेको छैन’, देउवाले भने, ‘मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम हुन सकेन ।’ देउवाले नागरिकलाई कोभिडबाट बचाउन आवश्यक सहयोग सरकारले लिन नसकेको बताए । यस्तो अवस्थामा प्रधानमन्त्रीले नेपालमा कोरोना नियन्त्रणमा आइसकेको भनेर अन्तवार्ता दिएको भन्दै उनले आपत्ति जनाए ।