२५ बैशाख ,काठमाडौं
एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेका छन्। शनिबार बिहान फेसबुकमार्फत उनले गलत बाटोबाट गरिने नियुक्ति प्रयास तत्काल बन्द गर्न आग्रह गरेका छन्।

विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य हुन्छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८ वैशाख २१ गते मंगलबार जारी गरेकी थिइन्।

यसैगरी नेपालले जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन्। कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो। उनले भनेका छन्, मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन।अतस् गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।

अघिल्लो सामग्रीग्याष्ट्रिक समस्याबाट कसरी बच्ने
यसपछिको सामग्रीवीरगञ्जमा थप चार जनाको मृत्यु