२०७८ वैशाख २६ गते, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परेरनपरेको नतिजा dvprogram.state.govवेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ ।

नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

अघिल्लो सामग्रीनारायणीको पीसीआर ल्याब जनशक्ति कम, सर्वसाधारण आक्रोशित
यसपछिको सामग्रीअमेरिकामा बन्दुकधारीको आक्रमणमा एक नेपालीको मृत्यु, एक घाइते