बैशाख, रौतहट नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म कोकोको रिमेम्बर मीबोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् ।
निर्णायक केटी पेरीले उनको उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् ।गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं उनले भनिन् । निर्णायक लायोनल रिचीले पनि पोखरेलको गायनशैलीको तारिफ गरे ।स्टाइलिस हुनु ठूलो कुरा हो । तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ । तिमीलाई आइडलमा पुन स्वागत छ लायोनलले भने। शीर्ष सात प्रवेशका लागि प्रतिस्पर्धीहरुले डिज्नीको गीत गाएका थिए
स्टेज नाम अर्थर गनले चिनिने पोखरेलले यसपालि आइडलमा कमब्याक प्रस्तुतिुमार्फत शीर्ष १० मा आफ्नो ठाउँ पक्का गरेका हुन् । गत वर्ष जस्ट स्याम आइडलको विजेता बन्दा उनी उपविजेता थिए । यसपालि आइडलले गत वर्षका १० गायकगायिकालाई कमब्याक प्रस्तुतिुमार्फत यो सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका दिएको थियो ।फेरि यो स्टेजमा फर्कँदै गर्दाको अनुभव कस्तो थियो भन्ने प्रश्नको जवाफमा पोखरेलले भनेका थिए सुरुमा त मलाई अचम्म लाग्यो । फेरि यही स्टेजमा गाउन पाउँछु भन्ने खुसी पनि लाग्यो ।
कमब्याक प्रतिस्पर्धीको घोषणापछि धेरैले यसलाई पोखरेलका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रूपमा चर्चा गरेका थिए । उनको शीर्ष सातमा प्रवेशपछि यो चर्चा फेरि चुलिएको छ । पोखरेलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साटेका छन् ।सर्वप्रथम त सबैलाई धन्यवाद दिन चाहन्छु, ज(जसले मलाई भोट दिनुभयो । अमेरिकन आइडललाई पनि यो अवसरका लागि धन्यवाद । फेरि आइडलको स्टेजमा फर्कन्छु भन्ने सोचेको थिइनँ ।