बैशाख,०६ रौतहट
रौतहटका पुरानो तथा निर्माणधिन सडक तथा पुलको सोमबार अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिबकारी इन्द्रदेव यादवको संयोजकमा सोमबार हुलाकी सडक ,पुरानो निर्माणधिन वडहर्वा-बागमती पुलको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले टोलीले अनुगमन गरिएको हो ।हालसम्म निर्माण भइरहेको हुलाकी सडक १९ किलोमिटरमध्ये १५ किलोमिटर सम्पन्न भइसकेको र बाकी सडक निर्माणको काम आर्थिक बर्ष २०७७/७८ भित्रमा सम्पन्न गरि सक्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका ।
अनुगमनको क्रममा बडहर्वामा लामो समय देखिको निर्माणमा विवादले रोकिएको निर्माण कार्य पनि अनुगमनवाट समाधान भएको र मंगलबारवाट निर्माण कार्य शुरु हुने यादवले बताए ।


निर्माणधिन अबस्थामा रहेको बागमतीको पूर्वी बाँध र हुलाकी सडक स्थलमा रहेका २ वटा फुसको घर ७ दिन भित्र हटाउने स्थानियसँग सहमति भएकाले अब ति सडक तथा पुल निर्माणमा कुनै किसिमको अवरोध नहुने समेत यादवले बताउनु भए।

अघिल्लो सामग्रीरौतहटका दुई मेयर र पाँच उप-मेयरलाई नेकपा (माओवादी केन्द्र)ले माग्यो स्पष्टीकरण,पद धरापमा
यसपछिको सामग्रीदबिएकै छ दलित आवाज