वैशाख, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री इस्कट मोरिसनले कोरोना भाइरस ९कोभिड–१९० को खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने योजनामा छलफल भइरहेको बताएका छन् ।मोरिसनले बिहीबार सबैभन्दा पहिला खोप लगाइसकेका आफ्ना नागरिकलाई विदेश भ्रमणमा जाने अनुमति दिनेबारे छलफल भइरहेको बताएका हुन् ।
कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण अष्ट्रेलियाका नागरिक र पीआर भएका मानिसले कुनै विशेष कारण बिना मुलुक छाड्न पाएका छैनन् । बाहिरबाट आएका मानिस भने आफ्नै खर्चमा होटलमा दुई साता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।
प्रधानमन्त्री मोरिसनले कुनै विशेष उद्देश्यका साथ अर्को मुलुकमा जाने मानिसलाई सबैभन्दा पहिला विदेश भ्रमणमा जान दिइने बताए । उक्त योजना अनुसार व्यापारिक तथा व्यक्तिगत समस्या भएका मानिस बाहिर जान पाउनेछन् तर उनीहरु अस्ट्रेलिया फर्केपछि आफ्नै घरमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
मोरिसनले सीमा थप खुकुलो पार्ने निर्णय भने जोखिममा रहेका मानिसले पूर्णरुपमा खोप नपाएसम्म नहुने बताए । सन् २०२० को मार्चयता अष्ट्रेलियाले अन्य मुलुकबाट आउने मानिसका लागि सीमा बन्द गर्दै आएको छ ।
अष्ट्रेलियाले आफ्नो सीमा कति खुकुलो बनाउने भन्ने कुरा अष्ट्रेलियामा चलिरहेको कोरोना खोप कार्यक्रमको गतिले निर्धारण गर्ने जानकारहरुले बताएका छन् । बुधबारसम्ममा अष्ट्रेलियामा १३ लाख ६० हजार डोज कोरोना खोप दिइएको छ ।
एजेन्सीहरुको सहयोगमा

अघिल्लो सामग्रीअमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध
यसपछिको सामग्रीकोरोना खोप अनुदान दिन धनी मुलुकहरुलाई आग्रह