रौतहट,१६ बिहिवार
रौतहटको सन्तपुर-बिश्रामपुर-हरैया-विनाग्रा-माधापुर-पिपरा बजार हुँदै गौर सडक खण्डको थप ब्यवस्थापन को लागि दुई करोड आउने भएको छ। रौतहट क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य मा. देव प्रसाद तिमल्सिना को विशेष पहलमा आज नेपाल सरकार (मन्त्री स्तर)को निर्णय भइ अर्थ मन्त्रालय ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई काटेको पत्रमा थप ब्यवस्थापन को लागी अक्षरुपि दुई करोड रुपिया बजेट बिनियोजनको भएको बारेमा जानकारी दिएको छ। सन्तपुर-बिश्रामपुर-हरैया-विनाग्रा-माधापुर-पिपरा बजार हुँदै गौर सडक खण्डको थप ब्यस्थापनको लागि चालु आर्थिक बर्ष भित्र निर्माण कार्य सम्पन्न गरि फरफारक गर्ने गरि तपसिल बमोजिम सम्मको खरिद प्रकृया आगाडी बढाउन सहमती प्रदान गर्ने र सृजित बिल बमोजिम पछि भुक्तानी गर्ने गरि नेपाल सरकार मन्त्री स्तरको निर्णय भएको हो ।

अघिल्लो सामग्रीचन्द्रपुर न.पा भित्रका सम्पुर्ण हाट बजार बन्द हुने
यसपछिको सामग्रीबजेट अभावको कारण,पालिकाले बनाएको आइसोलेसन संचालनमा आएन