रौतहट, ११ बैशाख । जिल्ला प्रशासन कार्याल रौतहटद्धारा जनहितमा जारी गरेको कोभिड १९ को सामान्य प्रोटोकल उलंघन गर्ने ८ महिला सहित ९८ जनालाई कारवाही गरेर जरिवाना गरिएका छन् । जिल्ला प्रशासन कार्यालयले जनहितमा जारी गरिएको कोभिड १९ को स्वास्थ्य मापदण्ड पुरा गरेर घर बाहिर निस्कन अपिल गर्दै प्रशासन सहितका पदाधिकारीहरु जिल्लाभरी मास्क वितरण गर्दै विना मास्कको बाहिर ननिस्कन आग्रह गर्दा पनि सोको अटेरी गर्नेहरु ९८ जनालाई कारवाही गर्दै जरिवाना गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहान ६ बजेदेखि साझ ६ बजे सम्म जिल्लाको विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा मास्क प्रयोग नगरेका ९० जना पुरुष, महिला ८ जना गरी ९८ जनालाई कारवाही गर्दा ९,८०० राजश्व संकलन गरिएको छ ।
त्यसैगरी मास्क प्रयोग नगरेका पुरुष ९५५, महिला ३२० जना गरी १२७५ जनालाई एक घण्टा रोकी सम्झाई बुझाई कोभिड सम्बन्धि जनचेतना दिएर एक पटकको लागि छाडीएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए । प्रहरीले रौतहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनदेखि कडाईका साथ चेकजाँचलाई गति दिएको छ भने सिमावर्ती भारतबाट आउनेहरुलाई सिमावर्ती महादेवपटीमा स्वास्थ्य हेल्थ डेस्कमा चेकजाँच गरेर मात्रै नेपाल प्रवेश हुन दिएको तथा उनीहरु माथि निगरानी राखिदै आएको समेत उनले बताए ।
प्रहरीले समाजिक दुरी कायम गर्न, मास्क अनिवार्य लगाउन र कोभिड–१९ बाट आफू बचौं अरुलाई बचाऔं भन्दै अभियान नै सञ्चालन गरेको छ ।

अघिल्लो सामग्रीप्रदेश २ सरकार जनस्वास्थ्य मापदण्ड पालना गराउन कडा रुपमा प्रस्तुत हुने
यसपछिको सामग्रीचन्द्रपुर न.पा भित्रका सम्पुर्ण हाट बजार बन्द हुने