रौतहट ०६ बैशाख
रौतहटको चन्द्रपुरस्थित पौराइमा टिफरको ठक्कर बाट एक जनाको मृत्यु भएको छ भने ठक्करमा परेर एक जना गम्भीर घाइते भएका छन् । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित पुर्वपश्चिम राजमार्ग अन्तर्गत पौराइमा सोमबार टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । ना ७ ख २९८३ टिफरले बा ५८ प २७९५ नम्वरको मोटरसाइकललाई सोमवार दिउँसो दिएको ठक्करबाट सिन्धुलीको हरिहरपुरगढीको वडा नम्बर ७ का ३० बर्षिय सोमलाल स्याङ्तानको मृ,त्यु भएको र सोही स्थानका २१ बर्षिय संजिव वाइवा घाइते भएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामीछाने ले जानकारी दिनुभयो । घाइते वाइबाको एप्पलो अस्पतालमा प्रथामीक उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाइएको डिएसपी लामीछानेले बताए ।
पछिल्लो समय टिफरको ठक्कर बाट बिभीन्न ठाउमा यस्ता घटना बढ्दो छ । यस्को नियत्रण हुन कुनै किसीमको पहल हुन सकेको छैन ।

अघिल्लो सामग्रीनिजगढ स्मार्ट सिटी कायमै ः मेयर खनाल
यसपछिको सामग्रीरौतहटको गरुडा न.पा.को विद्यालयहरु एक साताका लागी बन्द