रौतहट ४ बैशाष । राष्ट्रिय जनगणना २०७८ अभियानको सफल पार्न रौतहटका ५ स्थानमा जनगणना कार्यालय स्थापना गरिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरि १८ स्थानिय तह रहेका रौतहटमा नागरिकहरु जनगणनाबाट कोही पनि छुट्न नपरोस भन्ने उद्देश्यका साथ रौतहटका ५ स्थानमा जनगाणना कार्यालय स्थापना गरिएको हो । नेपाल सरकारको केन्द्रिय तथ्यांक विभागको निर्देशन अनुसार बैशाख १ गते देखि ४ गते सम्ममा स्थानीय जनगणना कार्यालय स्थापना गर्नु भएकाले सोहि अनुसार कार्यलय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय रौतहटका जनगणना अधिकारी देवनाथ यादवले जानकारी दिनुभयो । मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ हुन गइरहेको राष्ट्रिय जनगणनाको लागि गौर नगरपालिकाको गौर , बौधीमाइ नगरपालिका , कटहरिया नगरपालिकाको कटहरिया , गरुडा नगरपालिकाको गरुडा र चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा स्थानीय प्रमुखको सहभागीतामा कार्यालय स्थापना गरिएको अधिकारी यादवले बताउनु भयो । गौर नगरपालिकामा स्थापना भएको जनगणना कार्यालयबाट ईशनाथ नगरपालिका , राजदेवी नगरपालिका , दुर्गा भगवती गाउपालिका , यमुनामाइ गाउपालिकाका जनसंख्याको तथ्याङ संकला तथा जनगणना सम्बन्धि गतिविधि सञ्चालन हुने जनाइएको छ । चन्द्रपुरमा स्थापना भएको जनगणना कार्यालयबाट चन्द्रपुर , गुजरा नगरपालिका , वृन्दावन नगरपालिकाका तथ्यांक संकलन गरिने जनाइएको छ । बौधीमाइमा स्थापना भएको कार्यालयबाट मौलापुर ,परोहा नगरपालिका , राजपुर नगरपालिकाका जनगणनाका क्रियाकलापहरु सञ्चलन गर्ने छ । कटहरिया नगरपालिकामा स्थापना भएको कार्यालयबाट फतुवा विजयपुर ,देवाही गोनाही नगरपालिकाको सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
आवरण रौतहटका ५ स्थानमा जनगणना कार्यालयको स्थापना