७ वैशाख, रौतहट/ कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ ।रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमुना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदासमेत स्थानीयले सचेतना नअपनाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
‘अवस्था हेरेर गौरमा थप दुईवटा आइसोलेसन निर्माण गर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए, ‘होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायिक क्वारेन्टिनमा राखिने छ ।’ सीमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
गौरको बीपी चोकमा स्थानीयलाई मास्क वितरण गर्दै बुधबारदेखि मास्क नलगाएमा जरिवाना हुने रौतहट प्रहरी प्रमुख शिद्धि बिक्रम शाहले जानकारी दिनु भएको छ । नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुरुप रौतहटमा पनि २५ जना भन्दा बढि भिडभाड गर्न नपाईने,अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने शाहले बताए । सोहि नियमलाई कसैले अवज्ञा गरेमा सक्रमण रोग ऐन बमोजीम कार्वाही गरीने प्रहरी प्रमुख शाहल जानकारी दिए । संक्रमितको संख्या बढे पनि स्थानीयले मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन वेवास्ता गरिरहेका छन् ।
सचेतना फैलाउनुपर्ने राजनीतिक दल, संघ–संस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रम गर्न छाडेका छैनन् ।

video courtesy :Rakesh kumar yadav

अघिल्लो सामग्रीप्रदेश २ मा भोली सार्वजनीक बिदा
यसपछिको सामग्रीट्रक साहित्य : मुलुकका सचेतक