रौतहट , ८ बैशाख कोरोनाको दोश्रो लहर बढे संगै रौतहटमा संक्रमितको संख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव को अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, निर्णय गरेको थियो । सोही अनुरुप समुदायस्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउदै रौतहट प्रहरीले सर्वसाधारणको आवागमनको चेक जाचमा कडाइ गर्नुका साथै मास्क नलगाउनेलाई धमाधम जरिवाना काटिरहेको छ । जिल्लाको मुख्य चोक चन्दनिगाहपुर,गरुडा,बि.पि चोक लगाएत बिभिन्न ठाउमा नियम पालना गराउन प्रहरीले तिब्र रुपमा चेक जाच बढाएको छ ।चन्द्रपुर अन्तर्गत पुर्व पच्छिम राजमार्ग मा चल्ने साना तथा ठुला गडीको चालक ,सह-चालक हरुलाइ समेत मास्क को प्रयोग गर्न लगाईएको जिल्ला टाफिक प्रहरी कार्यलय रौतहटका प्रमुख शैलेस न्यौपालेले बताए । मुख्य क्षेत्रमा माक्स नलगाउँने लाई प्रहरी संगै ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

यो पनि पढ्नुहोस….

https://www.esajhavanidainik.com/archives/1679

अघिल्लो सामग्रीएमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता
यसपछिको सामग्रीरौतहटमा चट्याङ लागेर एक युवकको ज्यान गयो