प्रत्येक संरचनाहरू आफैंमा एउटा बन्धन हो
पहिलो कथासंग्रह ‘अब्बा’ प्रकाशन भएको पाँच वर्षपछि श्याम साह ९३५० दोस्रो संग्रह ‘पथेर’ लिएर प्रस्तुत भएका छन् । मधेशी जनजीवनको खाँटी यथार्थ उनको कथाको मूल विषय हो । जात व्यवस्था, गरीबी, असमानता र राज्य आतंकले थिलथिलो बनाइएका मानिस उनको कथाका नायक हुन् ।
‘फेन्टासी र स्वैरकल्पना’का कथाहरूको बाढी आइरहेको पछिल्लो दशकमा साहका कथा भने तीभन्दा ठीक विपरीत शैलीका छन् । उनका कथा पढ्दै जाँदा मान्छेले भोग्नुपर्ने अन्याय सम्झेर पाठक स्तब्ध मात्र हुँदैन विद्रोही चेतले जागृत भइसकेको हुन्छ । नेपाल राज्यमै बसेर पनि पुस्तौंदेखि ९अ०नागरिक हुन बाध्य पारिएका मानिसको कथाले पाठक उद्वेलित बनिसकेको हुन्छ ।
थोरै कथा लेख्ने परिचय बनाएका साहका दुई संग्रहमा गरी २५ थान कथा सार्वजनिक छन् । जसमध्ये ‘लाटीको छोरा’ कथामा नाटक प्रदर्शन भइसकेको छ ।
नेपाल सरकारको शाखा अधिकृत रहेका साहको जन्मथलो सिरहा गोलबजार हो । दोस्रो कथासंग्रहसम्म आइपुग्दा उनी कुशल कथाकारका रूपमा चिनिइसकेका छन् । तर अझै पनि नेपाली साहित्यले श्याम साहहरूको विद्रोही विचार स्वीकार्न सकेको छैन ।कथासंग्रह ‘पथेर’ र नेपाली समाजको संरचनागत विभेदबारे युवा कथाकार साहसँग गरिएको कुराकानी स्पहिलो कथासंग्रह जस्तै दोस्रोमा पनि मधेशको सेरोफेरोबाहेक नयाँ विषयका कथा आएनन् भन्ने पाठकको प्रतिक्रिया छ नि १पहिलो कथासंग्रहमा बरू मधेशको परिवेशभन्दा भिन्न कथा पनि थिए । तर ‘पथेर’का ११ वटै कथा मधेशकै सेरोफेरोमा छन् ।
यो प्रतिक्रिया किन आयो भने, चर्चा मधेशको सेरोफेरो बोकेका कथाहरूले बढी भयो । ‘लाटीको छोरा’मा नाटक पनि बन्यो । आखिर म यहींको जीवन भोगेर आएको हुँ । सामाजिक असमानताका खाडल मधेशमै धेरै छन् । संरचनागत विभेदको आयाम केलाउने हो भने पनि तराई(मधेशमै धेरै छ । यति गम्भीर विषयहरू हुँदाहुँदै म आफूले नभोगेको विषयमा किन लेखूँ १
भनेपछि योजनाबद्ध लेखन गर्नुभयो मेरो रुचि, सोच र ज्ञानको दायराले गर्दा स्वाभाविक रूपमा मधेशकै कथा बढी लेखियो । त्यही कथामा मैले आफूलाई बढी अभिव्यक्त गर्न सकें । कुनै एजेण्डा तय गरेर लेखेको होइन । संरचना, समय तथा शैलीको हिसाबले योजनाबद्ध लेखन होइन । विषयवस्तु तथा मुद्दाका हिसाबले भने योजनाबद्ध लेखन भन्न सकिन्छ ।पथेर’को ब्लर्ब९पछाडिको गाता० मा तपाईंलाई ‘समाजशास्त्री लेखक’ भनिएको छ । यो किन भनिएको रु
समाजशास्त्री लेखक’ मेरो भर्सन होइन, प्रकाशकको हो ।यद्यपि, यसलाई मैले दुई तरिकाबाट लिएको छु । पहिलो म समाजशास्त्रको विद्यार्थी हो । समाजशास्त्रको क्लासिकल मान्यतालाई आधार मान्दा यसको सिद्धान्तका आधारमा ज्ञान उत्पादन गर्ने र यससँग सम्बन्धित संरचनागत संस्थाले मान्यता दिएपछि मात्र समाजशास्त्री होइन्छ । यसको प्रक्रिया भनेको अध्ययन, अन्वेषण, अनुसन्धान, प्रकाशन तथा त्यसको संस्थागत मान्यता जस्ता विषयवस्तु जोडिन्छ । जस्तैः जर्नल लेखहरू, अनुसन्धानमूलक किताबहरू ।अर्को विषय भनेको समाजशास्त्रले नै के भन्छ भने एउटा समाजशास्त्रीले समाजको बाहिरी पत्र मात्र देख्दैन । यसले त्यसभित्रका वास्तविकतालाई पनि सतहमा ल्याउने कार्य गर्दछ । त्यस दृष्टिकोणले हेर्ने हो भने सामाजिक विषयवस्तुसँग जोडिएर लेखिने कथा, कविता, उपन्यास, निबन्ध आफैंमा बलियो समाजशास्त्री लेखन हो ।किनकि यसले निकै सजिलो र प्रभावशाली तरिकाले ती वास्तविकतालाई सतहमा ल्याउन मद्दत गर्छ । यस अर्थमा समाजसँग जोडिएर लेखिने साहित्यलेखन आफैंमा समाजशास्त्रीय लेखन हो ।शायद समाजका विषयवस्तुमा लेखिएका कथा भएका कारणले प्रकाशकले मलाई समाजशास्त्री लेखक भन्नुभएको होला । जसमा मेरो आग्रह वा कुनै योजना छैन ।
एक वर्षअगाडि अन्तर्वार्तामा ‘म आत्मसन्तुष्टिका लागि कथा लेख्दिनँ’ भन्नुभएको थियो । अनि कथा केका लागि लेखिन्छ
समाजमा भएका संरचनागत विभेद र विकृतिमाथि एउटा सजग नागरिक हुनुको नाताले पनि बोल्नुपर्छ भनेर आत्मसन्तुष्टिको लागि लेख्दिनँ भनेको थिएँ । हामीले आजका समस्यासँग जुध्दै तिनलाई परिवर्तन गर्न खोज्नुपर्छ भनेको हुँ । शायद त्यसैले समाज परिवर्तनशील हुन्छ भनेको हो ।
व्यक्ति पनि त्यही समाजको अंग हो । एउटा व्यक्ति, परिवार, छिमेक, गाउँ एकअर्कासँग जेलिएको हुन्छ । हामी जति नै वैयक्तिक भए पनि सरकारको एकै निर्णयले कसैलाई दुःखी बनाइदिन सक्छ । कसैलाई खुशी दिनसक्छ । यसर्थ अहिलेको समयमा मान्छे नितान्त ‘व्यक्तिगत’ मात्र बन्न सक्दैन ।
त्यसैले अरूले केका लागि लेख्नुहुन्छ भन्न सक्दिनँ । तर मैले समाजमा भएका विकृति, विसंगति, विभेद, असमानता हटनुपर्छ, समाजमा परिवर्तन हुनुपर्छ भनेर लेख्ने हो । अझ खगेन्द्र संग्रौलाका कुरा सापटी लिएर भन्ने हो भने, हाम्रै जुनीमा ‘समाजवाद’ आउँछ भनेर लेख्ने हो

अघिल्लो सामग्रीत्यो वनभोज
यसपछिको सामग्रीएमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्री, आजै साँझ सपथग्रहण