रौतहट रौतहटको पश्चिमीभेगमा पर्ने फतुवा बिजयपुर बजारमा टिपर आतंक बढ्दै गएको छ । तिब्र गतिमा बजारहुँदै दैनिक सैयौं टिप गिट्टी बालुवा ओसार्न थालेपछि बजारमा टिपर आतंक मच्चेको हो ।
अनियन्त्रित रुपमा बजारहुँदै टिपरको आवतजावतले दिनभरी धुलो उडेर आफ्नो पसलमा बस्ने अवस्था नभएको ब्यापारीहरुले गुनासो गरेका छन् । पुर्व सांसदको सहयोगमा फतुवा स्थित संचालित ढुकुछु क्रसर उधोगमा बोटवाघाट लालबकैया नदिबाट दैनिक सैयौं टिप गिट्टी बिजयपुर बजारहुँदै ढुवानी गरिरहेको कारण ब्यापारीहरु ठुलो समस्यामा परेका छन् ।
बिजयपुर बजारमा दिनभरी उड्ने धुलोको कारण पसलमा बस्ने अवस्था नरहेको ब्यापारी श्रीभगवान साहले बताउ छन् । बजारका ब्यापारी आन्दोलित भएपछि मात्र ठेकदारले बजारको बाटोमा पानी पटाउने अन्यथा कुनै वास्ता नगरेको उनिहरुले गुनासो गरेका छन् ।
मंगलबार पनि बिजयपुरका ब्यापारीहरु पसल बन्द गरेर टिपर आतंक विरुद्धमा आंदोलनमा उत्रेका थिए । पछि बिजयपुरमा दैनिक पानी पटाउने सर्तमा प्रहरीले बाटो खुलाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले ठेकदारले गिट्टी बालुवा ल्याउंदा बजार क्षेत्रको बाटोमा पानी पटाउन निर्देशन दिएको बताएका छन् । उता ठेकदारले मापदण्ड बिपरित लालबकैया नदि बाट गिट्टी बालुवा उत्खनन तथा ढुवानी गरिरहेको गाउँलेले गुनासो गरेका छन् ।

अघिल्लो सामग्रीदोस्रो वार्ताको लागि मेरियट पुगे ओली र नेपाल
यसपछिको सामग्रीनेपालमा कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस आज