काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ ।
नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।२०७४ सालमा राष्ट्रियसभा गठनका क्रममा माओवादी केन्द्रको उम्मेदवारका रुपमा थापा वागमती प्रदेशबाट निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।
पढ्नुहोस् संसद सचिवालयको पत्र

नेपाल प्रेस

अघिल्लो सामग्रीचुम्बन पछाडिको रोचक वैज्ञानिक रहस्य
यसपछिको सामग्रीत्यो वनभोज