जनकपुरधाम,०७ बेशाख
राम नवमीको अवसरमा भोली बुधवारको दिन प्रदेश दुई सरकारले सार्वजनीक बिदा दिने भएको छ । प्रदेश नं दुईको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एक बिज्ञप्ति मार्फत सार्वजनीक बिदा बारे जानकारी दिएका छन् । साथै राम नवमीको उपलक्ष्मा हार्दिक शुभकामना समेत ब्यत्त गर्नु भएको छ । राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरीए पनि यसपलि भने बैशाख महिनामा परेको छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ ।

बिज्ञप्ति पढ्नुहोस् ।

अघिल्लो सामग्रीजयनगर–जनकपुर–बर्दिबास रेल खण्ड स् स्टेसनको टुंगो लगाइँदै
यसपछिको सामग्रीमास्क नलगाए १०० रुपैया जरिवाना,संक्रमणको जोखीम रहेकोले सतर्कता अपनाउन आग्रह