प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृहमन्त्रालय सर्ने भएको छ। गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् ।

वि।स २०७२ वैशाख १२ भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तत्कालिन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुँदै आएको थियो।

डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ । अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो।

हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

अघिल्लो सामग्रीखनाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी
यसपछिको सामग्रीप्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा आज ‘हेर्न नभ्याइने’मा