इराकमा एउटा बच्चा तीनवटा लिङ्गका साथ जन्मिए । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घटना बन्यो ।यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस अवस्थालाई ुसुपरन्युमरेरी पेनिसु ९क्गउभचलगmभचबचथ उभलष्कभक ० भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलिङ्गी अर्थात् डिफालिया ९म्ष्उजबििष्ब ० को केस आएका छन् । तर, यो तीन लिङ्ग ९ त्चष्उजबििष्ब ० वाला केस भने पहिलो पटक सार्वजनिक भएको हो ।यसलाई हालसम्म संसारकै पहिलो तथा दुर्लभ घटना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका समाचार मात्रै आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।अहिलेको यो जन्मिएको त्रिलिङ्गी बच्चाले वैज्ञानिकका अगाडि गम्भिर तथा नयाँ चुनौती खडा गरिदिएका छन् ।इराकको मोसुल शहर नजिकै दोहुकमा जन्मिएको यस बच्चाका दुइवटा लिङ्ग शलयक्रिया गरी फालिएका छन् । विज्ञका अनुसार ६० लाख बच्चामध्ये एक बच्चा एकभन्दा बढी लिङ्गका साथ जन्मिन सक्छ ।हालसम्म संसारभरी झण्डै एक सय द्वीलिङ्गी केस थाहा भएका छन् । इन्टरनेशनल जर्नल अफ सर्जरीको केस रिपोर्टका अनुसार त्रिलिङ्गी केस भने पहिलो पटक भेटिएको हो ।
आधुनिक चिकित्सा विज्ञानका अनुसार यो एउटा अति दुर्लभ रोग हो जुन ३ देखि १५ साताको भ्रुणमा हुने गर्छ ।
यस्तो पहिलो केस १६०० को दशकमा भेटिएको बताइएको छ । यसमा स्क्रोटम वा एनस पनि एकभन्दा बढी हुनसक्छन् । कैयौं पटक लिङ्ग अविकसित पनि हुन सक्छन् । हालसम्म भेटिएका केसहरु एक आपसमा अलग देखिएका छन् । यसकारण यसलाई एक दुर्लभ अवस्था भएकोसमेत बताइन्छ ।
यो घटनाको पछाडिको कारण स्पष्ट नभए पनि नशालु पदार्थको सेवन यसको कारण हुनसक्ने अनुमान गरिएको छ । यसबाहेक सङ्क्रमणका कारण पनि यस्तो हुनसक्छ । रिपोर्ट जेनेटिक संरचनामा हुने परिवर्तनका कारण पनि यस्तो हुनसक्ने बताइएको छ ।यसका कारण बिरामीमा ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्ट, स्केलेटल वा पेल्भिक हड्डीदेखि हृदयघातको समस्याको सामना पनि गर्नुपर्ने सम्भावना छ । सामान्यतया, यी सबै अंगले सामान्य तरिकाले काम गर्ने गर्छन् । तर, यी इराकी बच्चामा भने यो अवस्था थिएन । यसकारण यसलाई सहजै शल्यक्रियाद्वारा काटेर फालियो ।
अनौठो संसार पहिलो पटक तीन लिङ्गका साथ जन्मियो बच्चा, विज्ञानका लागि चुनौती