रौतहट,०४ बैशाख
साझावणी डेस्क
नेपाल पुर्व प्रहरी संगठन परोहा नगरसमितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ। सो सम्मेलन बाट पनिलाल साहको अध्यक्षतामा ११ सदस्यीय परोहा नगरसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लखिन्द्र भगत्, सचिवमा हरिओम कुमार साह,सहसचिवमा सेख अमानुल्लाह,कोषाध्यक्षमा लखिन्द्र भगत, सहकोषाध्यक्षमा रामजीवन पटेल लगायत रहेका छन्। यस्तै पुर्व प्रहरी संगठनको सदस्यमा बिरेन्द्र ठाकुर,रबिन्द्र प्रसाद पटेल, आकुल साह,जयमंगल साह,बिन्देश्वर महतो चयन भएको छ।
कार्यक्रम पुर्व प्रहरी संगठनका केन्द्रिय सदस्य तथा प्रदेश न २ का संयोजक गोविन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन नेपाल पुर्व प्रहरी संगठनका रौतहट जिल्ला सचिव रामशरण गौतमले गर्नु भएको थियो।

अघिल्लो सामग्रीभीम रावलले भने- स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्छ, तयार रहनुहोला
यसपछिको सामग्रीकिन बोल्न सक्दैनन् प्रहरीका पूर्व उच्चाधिकारीहरूरु