नवराज चौलागाईं
निजगढ,०६ वैशाख
निजगढ स्मार्ट सिटीको सूचीबाट नहटेको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । पछिल्लो समय सरकारले केहि नंया स्थानहरुलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने योजना सार्वजनिक गरेपछि निजगढलाई स्मार्ट सिटीको सूचीबाट हटाईएको भनेर सामाजिक संजालमा भ्रम सृजना हुनथालेपछी मेयर खनालले निजगढ स्मार्ट सिटीकै रुपमा बिकास हुने क्रममा रहेको जनाउनुभएकोछ ।
नेपाल सरकार शहरी बिकास मन्त्रालय मातहतको शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक नवराज प्याकुरेलसङ्गको छलफलमा निजगढलाई स्मार्ट सिटिको सुचिबाट नहटाईएको जानकारी प्राप्त भएकोले निजगढ स्मार्ट सिटिको सुचिबाट हटेको भन्ने सन्देश भ्रामक भएको उहाले जिकिर गर्नुभयो । निजगढलाई स्मार्ट सिटि बनाउन गुरुयोजना तयार भएर कार्यान्वयनको चरणमा रहेको तर केहिदिन यता निजगढलाई स्मार्ट सीटिको सुचिबाट हटाईएको भनेर केही भ्रामक सन्देश फैलिरहेकोप्रती आफ्नो ध्यानाकर्षण भएको मेयर खनालले बताउनुभएको छ । मन्त्रीपरिषदको बैठकले नेपालका केही स्थानहरुलाई स्मार्ट सिटिको रुपमा बिकास गर्ने भनेर निर्णय भएको भएपनी निजगढलाई स्मार्ट सिटिको सुचिबाट हटाईएको भन्ने कुरा भ्रामक रहेको खनालले जनाउनुभयो । स्मार्ट सिटिको अवधारणा अनुरुप निजगढको बिकास निर्माण कार्यलाई अघि बढाउनेप्रती मेयर खनालले प्रतिबद्धता समेत व्यक्त गर्नुभएकोछ । निजगढलाई स्मार्ट बनाउन नगरपालिका,प्रदेश र सङ्घिय सरकारको समन्वय र सम्पुर्ण पक्षको साथ र सहकार्यको माध्यमबाट निजगढलाई स्मार्ट बनाउन सम्भव रहेको भन्दै सप्मुर्ण पक्षलाई सहयोग गर्न आह्वान समेत गर्नुभयो । मेयर खनालले निजगढलाई स्मार्ट सिटिको रुपमा बिकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकोछ ।

अघिल्लो सामग्रीदबिएकै छ दलित आवाज
यसपछिको सामग्रीरौतहटमा टिपरको ठक्कर बाट ,एकको मृत्यु,एक गम्भीर घाइते