रौतहट ०४ बैसाख
रौतहटको चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्र स्थित बागमती नदीमा संचालनमा रहेको मोटरबोट नगरपालिकाको स्विकृत बिना नै संचालन रहेको छ ।
सम्वन्धित निकायबाट स्विकृती नलिइ बागमती दिनमा मोटरबोट संचालन गरेको भन्दै स्थानियले बिरोध समेत गरेका छन ।
एकबर्ष अघि देखी नुनथर क्षेत्रको बागमती नदीमा मोटरबोट संचालनमा छ ।पछिल्लो दिनहरुमा ५ वटा मोटरबोट संचालनमा रहेको छ ।
एकजना यात्रुको एकसय ५० भाडा उठाउने गरीएको छ । बागमती इन्टरटेनमेन्ट प्रालिले पर्यटकिय चन्द्रपुर बिकास समिती नामक सस्था संगको सहकार्यमा मोटरबोट संचालन गरी एक व्यक्ति बराबर एकसय ५० उठाउने गरेको हो ।संचालक आफैले भाडाको दर तोकेर लिन नपाउने नगरकार्यपालिका को बैठकले तोक्नुपर्ने, मोटरबोट संचालन गर्ने स्थान र क्षेत्र नगरपालिकाले तोक्नुपर्ने चन्द्रपुर नपाका एक नगरकार्यपालिका सदस्यले बताएका छन ।
एकबर्ष देखी लाखौ रकम निजी कम्पनीले सर्वसाधारणबाट असुली गरीरहेपनि सरोकारवाला निकायले ध्यान नदिएको पौराइका अशिकाश स्थानियले गुनासो गरेका छन ।
स्थानिय तहको ऐनमा मोटरबोट संचालनका लागी नगरपालिका संग स्विकृती लिनुपर्ने उल्लेख छ । बन क्षेत्रमा रहेकाले बन कार्यालय संग समेत स्विकृती लिनुपर्ने नियम छ । नुनथर धार्मिक बन दर्ता रहेकाले धार्मिक बन संगपनि समन्वय हुनुपर्ने बताइएको छ ।सुरक्षा मापदण्ड बिना नै मोटरबोटमा यात्रुहरु राख्ने गरीएको छ ।दक्ष चालक नहुनु , सुरक्षा र उद्धारका सामाग्री बिना नै मोटरबोट संचालनगर्दा जोखिम बढेको गुनासो छ ।
नुनथर क्षेत्रमा दैनिक सयौ मानिस घुम्न आउने गरेका छन । चैत बैसाखमा नुनथर क्षेत्रमा बनभोज तथा घुम्न आउनेको घुइचो नै लाग्ने गरेको छ । ती मध्ये अधिकाश मोटरबोट चढ्छन । तर उनीहरुले तिरेको पैसा कहा जान्छ भन्ने कुनै निकायलाइ जानकारी छैन ।बागमती नदीमा मोटरबोट संचालनगरी रकम उठाइरहेको कम्पनीले सुरक्षा मापदण्ड अपनाएर यात्रुहरु चढाउने गरेको दावी गरेको छ ।
प्रदेश नं. २ नगरपालिकाको स्विकृती बिनानै बागमती नदीमा मोटरबोट संचालन