काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठत नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको वार्ता शुरू भएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि वार्ता शुरू भएको हो । ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई निर्णायक ठानिएको छ ।बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ। हिजोको वार्तामा नेता नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि वार्ता निष्कर्षमा पुगेको थिएन ।

अघिल्लो सामग्रीपूर्व–पश्चिम राजमार्गमा कार र विङ्गर ठोक्किँदा ७ जना घाइते
यसपछिको सामग्रीबिजयपुर बजारमा टिपर आतंक,ब्यापार चौपट्ट