चन्द्रपुर,११/हरौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले देशभरका तिमलसिनाहरु एक भएर संगठित हुनुपर्ने बताउनु भएको छ ।
शनिबार तिमलसिना समाज रौतहटको चन्द्रनिगाहपुरमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा संसद तिमलसिनाले यस्तो बताउनुभएको हो ।
देशभरका तिमलसिना दाजुभाइ एकजुट भएर अगाडी बढनु पर्ने र त्यसको लागी सक्दो सहयोग गर्न आफु तत्पर रहेको संसद तिमलसिनाले बताउनु भएको छ । तिमलसिनाहरुको बंशाबली नै बनाउनु पर्ने संसद तिमलसिनाको धारणा थियो । यसैबिच सोही भेलाले कृष्ण प्रसाद तिमलसिनाको अध्यक्षतामा ११ सदस्यीय रौतहट जिल्ला कार्य समिति समेत गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सहदेब तिमलसिना सचिबमा गोबिन्द तिमलसिना,सहसचिबमा रुकु तिमलसिना र कोषाध्यक्षमा लिलाधर तिमलसिना चयन भएको नव गठित समितिका उपाध्यक्ष सहदेब तिमलसिनाले जानकारी दिनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा भक्त प्रसाद तिमलसिना,प्रेमा तिमलसिना,बिकाराम तिमलसिना,राम प्रसाद तिमलसिना,रोशन तिमलसिना,अजय तिमलसिना रहनुभएको उपाध्यक्ष सहदेब तिमलसिनाले जानकारी दिनुभएको छ ।
नव गठित समितिले तिमलसिना समाजको हक हितको लागी सक्रिय भएर अगाडी बढने लगायतका बिभिन्न निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद तिमलसिनाले जानकारी दिनुभएको छ ।
रौतहट जिल्ला भित्र छरिएर रहनुभएका सम्पुर्ण दाजुभाइहरुलाइ संगठित बनाएर अगाडी बनाउन दृढ रहेको अध्यक्ष तिमलसिनाले प्रतिबद्धता जनाउनुभएको छ । भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ ।
सल्लाहकार समितिमा संघिय संसद देब प्रसाद तिमलसिना,राजेन्द्र प्रसाद तिमलसिना,कमल प्रसाद तिमलसिना लगायतका रहनु भएको अध्यक्ष कृष्ण प्रसाद तिमलसिनाले जानकारी दिनुभएको छ ।भेलामा रौतहट जिल्ला भरीका तिमलसिनाहरुको उपस्थीती रहेको थियो ।
आवरण तिमलसिना एक भएर संगठित हुन जरुरी छ -संसद तिमलसिना