चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि चन्द्र्पुर-४को आयोजनामा एक दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ । चन्द्रोदय साकोसको आयोजनामा चन्द्रपुर अस्पताल प्राली को प्राबिधिक सहयोगमा शनिवार चन्द्रपुर नपा वाड न ९ र १० स्थित चेतनगर बिर्तामा रहेको श्री पंच निमाबिको प्राङ्गणमा सम्पन्न भएको हो ।
एक दिने शिविर कार्यक्रमको औपचारिक उदघाटन कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश सुनुवारको सभा अध्यक्षयता र प्रमुख अथितिमा चन्द्रपुर नपा-१० का वडा अध्यक्ष जयराम चौधरी, विशिष्ट अतिथिमा चन्द्रपुर अस्पताल प्रालिका प्रमुख चिकित्सक डा.सुबास चौधरी, अतिथिमा सोही अस्पतालका अर्थोपेडिक डा.सुनिल कुमार साह, तथा अन्य समाजसेबि हरुको आतिथ्यता रहेको कार्यक्रमको उदघाटन संस्थाका अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अथिती ज्युहरु बाट भएको हो । शिबिरमा चन्द्रपुर अस्पतालका प्रमुख जेनरल फिजिसियन तथा स्त्री रोग विशेषज्ञ डा.सुबास चौधरी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.सुनिल कुमार साह, सिनियर स्टाप नर्स पारो चौधरी तथा राजाराम चौधरी लगायत अस्पताल बाट १० जनाको टिम सहितले गरेको विभिन्न रोग सम्बन्धि शिबिरमा चेतनगर बिर्ता, सिन्धुरेघारी, सन्तपुर लगायत विभिन्न स्थानका बासिन्दा गरि ४०८ जनाको चेकजाँच गरेका थिए । ५५ जनाको भिडियो एक्सरे गरीएको र १० जनाको VIA गरिएको चन्द्रोदय साकोसका उपाध्यक्ष बसन्त आचार्यले जानकारी दिए । शिबिरमा आउने सबैलाई चेकजाँच पछि निशुल्क औषधि समेत बितरण गरिएको थियो ।
उत्त शिविर कार्यक्रमबाट आफु र आफ्ना बाल बच्चा स्वस्थय छ कि छैनन् भन्ने थाहा पाएको र स्वास्थय रहन जरुरी रहेको शिविर सहभागी एक महिलाले बताईन् ।
एक दिने शिविर कार्यक्रमको संचालन उपाध्यक्ष बसन्त आचार्यले गरेका थिए भने कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार समितीका पदाधिकारीहरु, विभिन्न उपसमितिका सदस्यहरु तथा कर्मचारीहरु सम्पुर्णको सगभागिता रहेको थियो ।
चन्द्रोदय साकोस ले बिभिन्न समयमा समाजीक कार्य गर्दै आएको छ । रौतहट लगाएत बिभिन्न जिल्लामा रगत अभाव भएमा साकोसले बिभिन्न माध्यम बाट रत्त दान गर्ने पुण्य कार्य गर्दै आएको छ ।