चन्द्रपुर,१६ बिहिवार/चन्द्रपुर नगरपालिका क्षेत्रमा लाग्दै आएको हाट बजारहरू तत्काल बन्द हुने भएको छ । नयाँ भेरियन्ट को कोरोना भाइरसको संक्रमणको दर रौतहट जिल्लामा उच्च भएको र जिल्लामा अन्य पलिकहरुमा भन्दा चन्द्रपुर संक्रमितहरुको संख्या उच्य रहेको हुनाले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको विशेष पहलमा आफ्ना नगरका नागरिकहरु लाई संक्रमणको जोखिममा नपरुन् र सामाजमा फैलन नपाओस् भनेर अर्को सूचना जारी नहुन्जेल सम्मको लागि बिहीबार चन्द्रपुर नगरपालिका द्वारा एक सूचना जारी भएको हो ।
नगरपालिकाका विभिन्न वडाहरुको विभिन्न स्थानहरूमा हाट बजार सञ्चालनमा रहेका छन । सबैभन्दा बढी भिड हुने बजार चन्द्रनिगाहपुर हाट बजार रहेको छ । ग्राहक वर्ग, व्यापारीहरु तथा स्थानीय ठेकेदारहरुलाई लक्षित गरी सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
आवरण चन्द्रपुर न.पा भित्रका सम्पुर्ण हाट बजार बन्द हुने