चन्द्रपुर,४ बैशाख
साझावाणी डेस्क
राष्ट्रिय जनगणना २०७८ का लागि चन्द्रपुरमा स्थानीय जनगणना कार्यलय स्थापना भएको छ ।
जिल्लाको चन्द्रपुर ,गुजरा र बृन्दावन नगरपालिकाको जनगणना कार्यलय चन्द्रनिगाहपुरमा शुक्रबार एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले उदघाटन गरेकाछन् । चन्द्रनिगाहपुर स्थित ईलाका हुलाक कार्यलयमा भएको उदघाटन समारोहमा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान जिल्ला जनगणना कार्यलयका सह अधिकृत अनिल चौधरी ,शाखा अधिकृत ध्रुवलाल यादवको सहभागिता रहेको थियो । राष्ट्रिय जनगणना २०७८ का लागि रौतहट जिल्लाभरी पाँच वटा कार्यलय संचालनमा रहेको छ । गौर ,गरुडा चन्द्रपुर ,कटहरिया र बोधिमाईमा राष्ट्रिय जनगणना २०७८ का लागि कार्यलय स्थापना भएको छ । देशमा गणतन्त्र आएपछि पहिलो पटक राष्ट्रिय जनगणना २०७८ सुरु हुन लागेको हो । जनगणना पछि देशको जनसंख्या कति छ भन्ने कुरा एकिन हुने भएका कारण यसमा खटिने कर्मचारी राम्रोसंग नियम संगत तरिकाले काम गर्नका लागि नगर प्रमुख चौधरीले कर्मचारीसंग आग्रह गरे ।
प्रदेश नं. २ चन्द्रपुरमा राष्ट्रिय जनगणना कार्यलय स्थापना