- चैत १९, २०७७
- माधव नेपाल र भीम रावललाई पार्टी साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको ३ दिनपछि नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरिएको हो । यी चारै नेतालाई चैत ८ गते पार्टीले एकसाथ स्पष्टीकरण सोधेको थियो । शुरूमै स्पष्टीकरण बुझाएका नेपाल र रावललाई १६ गते निलम्बन गरिएको थियो । भुसाल र पाण्डेले भने ढिला गरी स्पष्टीकरण बुझाएका थिए । उनीहरूको स्पष्टीकरण तोकिएको ३ दिनभित्र प्राप्त नभएको भन्दै पुन: ताकेता गरिएको थियो ।
‘विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टे स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो,’ नेता भुसाललाई ओलीले पठाएको निलम्बनसम्बन्धी पत्रमा भनिएको छ ।
पार्टीविरोधी र गुटगत गतिविधि जारी राखेकाले निलम्बन गर्नुपरेको पत्रमा उल्लेख छ ।