चैत २०
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र तानाशाही लागू गर्न खोजेका कारण आफूहरूले समानान्तर क्रियाकलाप गरेको दाबी गरेका छन् ।
महाधिवेशन आयोजक कमिटी बनाएर आफैँ अध्यक्ष बन्ने ओलीको निर्णय पनि अवैधानिक भएको उनले दाबी गरे ।
कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको एमाले ९खनाल नेपाल० पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठकपछि बाहिरिने क्रममा रावलले आफूहरूले गुटगत नभई एमालेको पूर्ववत् कमिटी चलाएको दाबी गरेका हुन् ।
‘हामीले एमालेमै रहेर पूर्ववत् कमिटी चलाएका छौं, कुन कार्यालबाट सञ्चालन गरियो भन्ने कुरा गौण हो,’ रावलले भने ।
नेता रावलले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाही अरूमाथि तानाशाही लागू गरेर पार्टी चलाउने शैलीको द्योतक भएको टिप्पणी गरे ।
‘नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरिएको छ, यसको भत्र्सना गरेका छौं । कथित कारवाहीले पार्टीको नीति सिद्धान्त विधान मिचिएको छ । कम्युनिस्ट आन्दोलनलाई लज्जित बनाउने काम भएको छ,’ रावलले भने ।
बैठकमा समानान्तर कमिटी बनाएर जानेबारे छलफल भइरहेको स्रोतले बतायो ।