(डोरेन्द्र निरौला नेपाल सरकारका उप सचिव तथा ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुर का प्रमुख हुन् ।
-डोरेन्द्र निरौला नेपाल सरकारका उप सचिव तथा ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुर का प्रमुख हुन् ।

–डोरेन्द्र निरौला
झरी छुट्यो मन भने अझ दुःखी भइरह्यो
घामले विदा मागे पनि रापताप रहिरह्यो ।
प्रकृतिकै उल्टो आज मन त्यसै त्यसै बग्यो
टाढा टाढा क्षितिजमा उजेलीचैं बाँकी वस्यो ।।

संकटैमा संगतको मूल्य थाहा हुने रैछ
नजिकैका टाढा हुँदा महत्व झन बढ्ने रैछ ।
त्यसैले त भन्छु आज आफ्नो मान्छे आफ्नै हुन्छ
सडकको ढुंगा पनि घरमा राखे देउता हुन्छ ।।

सायंकालमा रातमा अनि पुरै बिहानीमा
सम्झनाले नजिक ल्याउने तस्वीर सिरानीमा ।
टाढालेनै मनकालाई अझ नजिक ल्याउने भयो
टाढा नजिक मनै त हो अझ नजिक पार्ने भयो ।।

अघिल्लो सामग्रीबजेट नहुँदा बाँध मर्मत रोकियो
यसपछिको सामग्रीरौतहटका दुई मेयर र पाँच उप-मेयरलाई नेकपा (माओवादी केन्द्र)ले माग्यो स्पष्टीकरण,पद धरापमा