चैत २०
नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउने क्रमलाई तीव्रता दिएको छ । नेता माधवकुमार नेपालले बिहीबार पोखरामा आयोजित कार्यक्रममार्फत केन्द्रमा पनि समानान्तर कमिटी गठनको घोषणा गरेका थिए ।