अमेरिकी शेयर बजार नास्डाकमा प्रवेश गरेको पहिलो दिनमै क्रिप्टोकरेन्सी कम्पनी क्वइनबेस ग्लोबल इंकको बजार मूल्य एक खर्ब १२ अर्ब डलरसम्म पुगेको छ ।बुधबार शेयर बजारमा डेब्यू गरेको नास्डाकको मूल्य एक खर्ब १२ अर्ब डलर नाघेको भए पनि दिनको अन्त्यमा ८६ अर्ब डलरमा कायम भयो ।
डाइरेक्ट लिस्टिङको माध्यमबाट स्टक मार्केटमा प्रवेश गरेको क्वइनबेसको धमाकेदार सुरुआतलाई बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको विश्वव्यापी मान्यता तथा लोकप्रियताको लागि कोशेढुंगा मानिएको छ ।पछिल्लो समय क्रिप्टोकरेन्सीहरुको लोकप्रियता र चुलिँदो मूल्यका कारण स्थापित ठूला कम्पनीहरु समेत यस्ता डिजिटल मुद्राहरुमा लगानीका लागि हाम फाल्न थालेका छन् ।
बुधबार स्टक मार्केटमा प्रति शेयर मूल्य ३८१ डलरसँगै क्वइनबेसको कारोबार सुरु भएको थियो । त्यसअनुसार क्वइनबेसको मूल्य एक खर्ब १२ अर्ब डलर पुगेको थियो । त्यो मंगलबार निर्धारण गरिएको आधारमूल्य २५० डलरभन्दा ५२।४ प्रतिशतले बढी हो ।बुधबार शेयर मूल्य ३२८।२८ डलर हुँदा बजार बन्द भयो । यसबाट पहिलो दिनमै क्वइनबेसको बजार मूल्य ८५ अर्ब ७८ करोड डलर कायम भएको छ ।जबकि न्युयोर्क स्टक एक्सचेन्सको मालिक इन्टरकन्टिनेन्टल एक्सचेन्ज इंकको बजार मूल्य ६६ अर्ब डलर छ ।क्रिप्टोकरेन्सी कम्पनी क्वइनबेसको स्थापना सन् २०१२ मा अमेरिकाको सन फ्रान्सिस्कोमा भएको छ । यसका विश्वभर गरी ५ करोड ६० लाख प्रयोगकर्ता छन् भने यसको प्लाटर्फममा २ अर्ब २३ करोड क्रिप्टोकरेन्सी मुद्रा सम्पत्तिको रुपमा रहेको छ । जुन कूल क्रिप्टो मुद्राको बजारको ११।३ प्रतिशत होक्वइनबेसका प्रमुख वित्तीय अधिकृत एलेसिया हासले क्रिप्टो अर्थतन्त्रमा पारदर्शिता ल्याउन सफल भएकोमा आफूहरु खुसी बनेको बताए ।स्टक मार्केटमा क्वइनबेसको प्रवेश तथा ससक्त उपस्थितिले क्रिप्टोकरेन्सी बजारलाई पहिचान प्राप्त हुनुका साथै यसलाई मूलधारमा ल्याएको उनको भनाइ छ ।गत सेप्टेम्बरमा क्वइनबेस कम्पनीको मूल्य केवल ६ अर्ब डलर मात्र थियो । तर बिटक्वइनको मूल्यमा भएको बढोत्तरीसँगै यसको मूल्य पनि बढ्दै गएको थियो ।विश्वको सर्वाधिक महँगो क्रिप्टोकरेन्सी बिटक्वइनको मूल्य मंगलबार ६३ हजार डलर पुगेको छ । सन् २०२१ को पहिलो त्रैमासिकमै बिटक्वइनको मूल्य झण्डै दोब्बर भएसँगै यसको कारोबार गर्ने कम्पनी क्वइनबेसको आम्दानीसमेत बढेर एक अर्ब ८० करोड तथा खुद मुनाफा ८ करोड डलर पुगेको छ । जबकि सन् २०२० मा क्वइन बेसको वाषिर्क आम्दानी जम्मा १ अर्ब ३० करोड थियो ।
रोयटर्सबाट
विज्ञान प्रविधि क्रिप्टोकरेन्सी कम्पनीको शेयर बजारमा धमाकेदार डेब्यु