वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघ, विश्व बैंक र जाभी भ्याक्सिन एलायन्सले धनी मुलुकलाई बढी भएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप कम तथा मध्यम आय भएका मुलुकलाई दिन शुरु गरिएको अभियानलाई अनुदान दिन आग्रह गरेको छ ।
बिहीबार जाभी कम्पनीले कोभ्याक्स कार्यक्रमको सहयोगको लागि गरेको भर्चुअल कार्यक्रममा अधिकारीहरुले सन् २०२१ को लागि थप दुई अर्ब डलर सहयोगका लागि आग्रह गरेका हुन् ।
यसबाट एक अर्ब ८० करोड डोज खोप किन्‍ने लक्ष्य छ । अहिलेसम्म कोभ्याक्स कार्यक्रमबाट विश्वका १११ मुलुकमा तीन करोड ८० लाख डोज खोप पुर्‍याइएको छ ।जाभीका प्रमुख कार्यकारी सेथ बेक्र्लीले अहिले केही धनी मुलुकले आफूलाई आवश्यक पर्नेभन्दा धेरै खोपको अर्डर दिएको भन्दै उनीहरुलाई बढी हुने खोप अनुदानमा दिन आग्रह गरेका हुन् । यसबाट अन्य मुलुकको जोखिममा रहेका मानिसहरुले खोप पाउने उनको भनाइ छ ।
विश्व बैंकका अध्यक्ष डेभिड मालपोसले सकेसम्म छिटो धनी मुलुकले अर्डर गरेको आवश्यकताभन्दा बढी खोप आवश्यक परेका मुलुकलाई दिन आग्रह गरे ।

अघिल्लो सामग्रीसीमा खोल्ने योजना बनाउँदै अष्ट्रेलिया
यसपछिको सामग्रीदिल्लीमा हप्तामा दुई दिन कर्फ्युको घोषणा