Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM's Secretariat

काठमाडौं, वैशाख ४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग नैतिकताको विचलन देखिएको बताएका छन्। दाहालले ‘ओलीको अगाडि नैतिकता, भैंसीको अगाडि बिन बजाएजस्तो हो भनेका छन्। निकट शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो प्रदेश परिषदको ललितपुरमा उद्घाटन गर्दै शनिबार दाहालले भने, ‘विचलनमा गइसकेको हुनाले केपी ओलीसँग नैतिकता भन्ने छैन, भैंसीको अगाडि बिन बजाएजस्तो कुनै अर्थ छैन।’ओलीसँग राजनीतिक नैतिकता, परम्परा, संवैधानिक मूल्य, मान्यता केही पनि नरहेको उनले बताए। त्यसमा पनि निश्चित प्राधानलाई सम्मान गर्ने हो भने केपी ओली एकछिन पनि रहन हुँदैनथ्यो,’ उनले भने, ‘मैले त चितवनबाटै भनेको थिएँ, आजै रातभरिमा केपी ओलीले राजीनामा दिनुपर्छ। कुनै नैतिक, राजनीतिक, संवैधानिक धरातल छैन भननेको थिएँ। तर, कानुन मिच्ने कुरामा सेटिङमा चल्ने प्रवृत्ति हुनाले भएन त्यो।’उनले माओवादी केन्द्रजस्तो समर्पित पार्टी र यहाँका नेता कार्यकर्ता अन्यत्र नरहेको बताए। तर हामी पनि धुलोमैलो लगाएका जस्ता भएका छौं। अरूसँग सहकार्य गर्दागर्दै अलिअलि रोग लागेको छ,’ दाहालले भने। यहीकारण अहिले आफू दिनदिनै जस्तो जनताको घरदैलोमा जाने गरेको बताए। अब प्रचण्डको आकर्षण सकियो। औचित्य सिद्धियो भन्छन्। वितृष्णा पैदा भएको हो तरु विश्वास टुटेको हो तरु भनेर म त्यो चेक गर्न गइरहेको छु,’ उनले भने, ‘तर, जनताको त चिन्ता के छ भने हाम्रै नेतृत्व हामीकहाँ किन आउँदैन भन्ने, गुनासो पो छ।’जालीफटाहाले काठमाडौंमा ‘प्रचण्ड सकियो’ भन्दै दिग्भ्रमित पार्ने षडयन्त्र गरेको उनले बताए।
कतिपय मानिसहरू उता गए। फकाउन मन लाग्न छोडेको छ। जाउन् जस्तो के। यत्रो यतिहास, विरासत, क्रान्तिकारी इज्जत(प्रतिष्ठा भएको मानिस सबै छोडेर प्रतिगमनको पछि लाग्छन् भने सम्झाउनु मुर्खता हो,’ उनले भने।

अघिल्लो सामग्रीअहिलेलाई जति मत आवश्यक थियो, त्यतिले मात्रै फ्लोर क्रसु गरेका हौ प्रकाश ज्वाला
यसपछिको सामग्रीसाहरुखको ‘पठान’मा सलमानको केमियो, तर पारिश्रमिक लिन मानेनन्