काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आज ९शुक्रवार०बाट सडक नाटक शुरु गरेको छ । ‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने हेतुले काठमाडौं महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा’ सडक नाटक शुरु गरेको हो ।
महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेस्वर लगायतका १० स्थानमा सडक नाटक गर्न गरेको छ । शुक्रबार बसन्तपुर, कालिमाटी र कलंकीमा सडक नाटक भएको छ । सडक नाटकमार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ
काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वस्स्फूर्त रुपमा कर तिर्नुपर्छ भन्ने अभियान अन्तर्गत सडक नाटक मञ्चन गरिएको बताउनुभयो । कानूनमा कर सम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडक नाटक गरिएको उहाँले बताउनुभयो ।
महानगरपालिकाले पहिलो पटक सडक नाटकमार्फत कर सम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताउनुभयो । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र विस्तारै सबै स्थानमा नाटक गरिने बताउनुभयो । नाटकमार्फत करदातालाई कर तिर्नका लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।

अघिल्लो सामग्रीगर्मीमा दाँतको सुरक्षा स् चिसो पेय पदार्थ कति र कसरी पिउने र ?
यसपछिको सामग्रीनेदरल्याण्ड्सलाई क्रिकेटको पाठ सिकाउने नेपालको खेल