कठोर राजनीतिक निर्णय गरेका हौं, सांसद पद जाला भन्ने डर छैन
काठमाडौं वैशाख ३
नेकपा एमालेका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।
शुक्रबार शाहीले प्रदेश सभामा विश्वासको मत लिएका थिए। मतदानमा सहभागी ३७ सांसदमध्ये २२ जनाले मुख्यमन्त्री शाहीको पक्षमा भोट हाले। तीमध्ये चार जना सांसद एमालेका थिए।
एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले शाहीका पक्षमा मतदान गरेका हुन्। उनीहरू चारै जना माधवकुमार नेपाल पक्षका हुन्। नेपाल पक्षका ९ सांसद भए पनि ४ जनाले मात्रै फ्लोर क्रस गरेका हुन्। आज विश्वासको मत लिएसँगै मुख्यमन्त्री शाहीको पद एक वर्षसम्मका लागि जोगिएको छ। कर्णालीमा आज भएको घटनाले मुख्यमन्त्री शाहीको पदमात्र जोगिएको छैनन्। राजनीतिक चरम उत्कर्षमा पुगेको एमालेमा नयाँ चिरा परेको छ। कर्णालीको सिको गर्दै अन्य प्रदेश र केन्द्रमा पनि नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई नमान्ने सन्देश दिएको छ। आज कर्णालीमा फ्लोर क्रस गरेकामध्ये सांसद प्रकाश ज्वालासँग हामीले कुराकानी गरेका छौं। तपाईंहरूले किन फ्लोर क्रस गर्नुभयो। हिजो आवश्यक पर्दा सरकारबाट राजीनामा दियौं। सांसद पद गए पनि हामी त्यसका लागि तयार छौं। पार्टीमा उठेका समस्याहरू व्यवस्थापन नगर्दाखेरी पार्टीमा यस्ता झट्काहरू व्यहोर्नु पर्छ भन्ने हेक्का राखेर नेतृत्वले पार्टीलाई मिलाउने, पार्टीभित्रका समस्या व्यवस्थापन गर्ने काम गर्नुपर्छ भन्ने कुराको दबाब र सन्देश दिन हामीले फ्लोर क्रस गरेको हो।तपाईंहरूका पक्षमा ९ जना हुनुहुन्थ्यो, चार जनाले मात्रै किन फ्लोर क्रस गर्नुभयो।अहिलेलाई जति मत जरूरी थियो, त्यति नै मत दिएको हो। फ्लोर क्रस गर्दै हुनुहुन्छ भन्ने कुरा संसदीय दलका नेता यामलाल कँडेललाई जानकारी थियो कि थिएन।त्यो त उहाँलाई सोध्नुपर्छ।हामीले यस्तो गर्दैछौं भनेर भन्नुभएको थियो कि थिएन भन्न खोजेको हामीले निर्णय गर्यौं। त्यहीअनुसार मतदान गरेको हो।वरिष्ठ नेता माधवकुमार नेपालसँग केही कुराकानी भएको थियो।आवश्यक नेताहरूसँग कुराकानी भएको थियो। सरसल्लाह भएको थियो।
तपाईं त पहिला पनि मन्त्री हुनुहुन्थ्यो। अब फेरि शाही नेतृत्वको सरकारमा मन्त्री हुने हो। हामीले आज गरेको निर्णय सरकारमा सहभागी हुने भनेर गरेको निर्णय होइन। हामीले यस विषयमा छलफल गरेका छैनौं। हामीले एउटा पोलिटिकल डिसिजन गर्यौं। त्यसपछि अरू कुरा छलफल होला।सांसद पद जान्छ भन्ने कुरामा मानसिक रूपमा तयार हुनु भएको होला नि।मदन भण्डारीले नै हामीलाई भन्नुभएको थियो( जीवनकै राजीनामा दिन तयार छौं। सांसद पद जाने हाम्रा निम्ति ठूलो कुरा भएन।हामीले जनताको निम्ति काम गरेका छौं। जनताको पक्षमा काम गरेका छौं। भोलि फेरि जनताको बीचमा जाँदा अनुमोदित हुन्छौं। अहिले सांसद पद जानेसित हामी डराएका छैनौ। तपाईंहरूले कर्णालीमा जे गर्नुभयो त्यो केन्द्रमा र अरू प्रदेशमा पनि लागू होला त। यो त अब सिक्नेले कसरी सिक्छन् , लिनेले कसरी लिन्छन् त्यो उनीहरूको कुरा भयो। हामीले एउटा कठोर राजनीतिक निर्णय गर्यौं। तपाईंहरूको यो निर्णय आगामी दिनमा माओवादी केन्द्रसँग सहकार्यको संकेत हो भन्न सकिन्छ। हामी बृहत वाम एकताको पक्षमा छौं। कुनै दल विशेषसँग भन्दा पनि मूलतस् नेकपा एमालेलाई एकतावद्ध गराउन हाम्रो निर्णयले नेतृत्वलाई दबाब दिन्छ। यो सन्देश दिनु नै हाम्रो उद्देश्य हो।आजको कदमले त एमाले थप विभाजनको बाटोमा जाने खतरा देखिएन। नेतृत्वले सुझबुझपूर्वक काम गर्यो भने त एकतवद्ध हुनहुन्छ। यहाँबाट पाठ सिक्नुपर्छ भन्ने हो।
आवरण अहिलेलाई जति मत आवश्यक थियो, त्यतिले मात्रै फ्लोर क्रसु गरेका हौ ...