हेटौंडा १७ चैत ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रका निजी बिद्यालयहरु भोली देखि खुल्ने भएका छन् । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले आज एक सूचना जारी गर्दै निजी बिद्यालय खोल्ने जनाएको हो ।

प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा उपमहानगरपालिकाले संयुक्त बैठक बसेर वातावरण अनुकुल बनेकोले विद्यालय खोल्न अनुरोध गर्ने निर्णय गरेको प्याप्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदीले बताउनुभयो ।उहाँले मौसममा सुधार आएको र आज घाम लागेको तथा धुँवाको मात्रा कम हुँदै गएकाले विद्यालय खोल्ने निर्णय गरिएको बताउनुभयो ।

आज शक्ति एफ् एम् तथा शक्तिखवर डट कम सँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, – हामीले उपमहानगरपालिका, शिक्षा समन्वय, तथा सरोकारवालासँग बसेर छलफल गर्याैँ, अभिभावकको फोन आइरहेको छ, यो हामी र अभिभावको मात्र रहर नभई मौसम खुल्दै गएको कारण पनि यस्तो निर्णय गरेका हौँ । यसो हेर्दा केन्द्रको निर्णयको अवज्ञा गरे जस्तो हुन्छ तर, वास्तविकता त्यो होइन ।’
केन्द्र र स्थानिय सरकारविच राम्रो समन्वय नभई उपत्यकाको वस्तुस्थिति मात्र बुझेर गरिएको निर्णय दुखद भएको सुवेदीको भनाई छ । कोभिडको त्रासको कारण निकै ढिलागरि सुरु भएको विद्यालय उपत्यकाको स्थिति हेरेर बन्द गर्न आवश्यक नभएको उहाँले बताउनुभयो ।

वायु प्रदूषण बढेको भन्दै हिजो मात्रै चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आज मंगलबारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

अघिल्लो सामग्रीमाओवादी केन्द्रले सर्वाेच्चको फैसला पुनरावलोकनको निवेदन दिने
यसपछिको सामग्रीनेपाल र रावलमाथिको कारबाही अस्वीकार्य छ: नेपाल पक्ष