हेटौंडा १ चैत ।
हेटौंडा अस्पतालको ड्युटि समयमा निजी अस्पताल तथा मेडिकलमा काम गर्ने दुई जना डाक्टर निलम्बनमा परेका छन् । अस्पतालको ड्युटीे समयमा निजी अस्पताल र मेडिकलमा काम गर्ने र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बित भएका हुन् । निलम्बित हुनेमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डे छन् । उनीहरुलाई कार्यमा सुधार गर्न दिएको चेतावनी रहेको सेवाबाट हटाइएको हेटौंडा अस्पताल प्रशासनले जनाएको छ ।

अघिल्लो सामग्रीमनहरीमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, १० घाइते
यसपछिको सामग्रीथाहानगरमा अटो दुर्घटना, ८ घाइते