सिन्धुली चैत ३ ।
सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् । जिल्लाको कमलामाई नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो । मृत्यु हुनेमा कमलामाई नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको र चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने बताइएको छ । जिपमा ११ जना सवार थिए ।

अघिल्लो सामग्रीशोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकियो
यसपछिको सामग्रीसंसद विघटन फेरि पनि हुनसक्छ: प्रधानमन्त्री ओली