हेटौंडा, १६ चैत ।
नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ।
सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको हो।
रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ।
बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउन समेत सूचनामा उल्लेख छ। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।