हेटौंडा, २७ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारण सभामा अध्यक्षका उम्मेदवार महेन्द्र राउतसँग गरिएको कुराकानी:

मकवानपुर उद्योग वाणिज्य संघको आगामी चुनावमा यहाँको उम्मेदवारी के का लागि ?
म यो भन्दा अगाडि पनि मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रत्यासी उम्मेदवार थिएँ । धेरै भन्दा धेरै उद्योगी व्यवसायी साथी र उद्योग वाणिज्य संघका साथीहरुले त्यस निर्वाचनमा पनि मलाई राम्रै माया गर्नुभयो, तर प्राविधिक रुपमा म आउन सकिनँ । मलाई जति पनि व्यवसायी साथीहरुको माया, सद्भाव छ, त्यसलाई निरन्तरता दिन पनि मेरो उम्मेदवारी हो । र, यतिखेर कोभिडलगायत विभिन्न समस्याबाट व्यवसायी मारमा छन् । बैंक ब्याजका समस्या, करका समस्या र अन्य व्यवसायीका समस्या समाधान गर्न जसले हिजो मत दिनुभयो र जसले मलाई मत दिनु भएन, उहाँहरु सबैको आग्रह पनि छ, तपाइँ एकपटक आउनुपर्यो । ती सबै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न मेरो उम्मेदवारी हो ।

उद्योगीका मुख्य समस्या के छन्, अहिले ?
समस्या त धेरै छन् । खासगरी अहिले कोभिडका कारण विश्व नै धरासायी बनेको अवस्थामा सबैभन्दा बढी उद्योगी व्यवसायी नै समस्यामा परेका हुन् । राज्यले उहाँहरुलाई दिने छुटका विषयमा केही विषय मात्र उठान भयो । तर, व्यवसायीको हितका पक्षमा काम भएनन् । अन्य देशमा चाँहि यस्तो हुँदैन, सरकारले सहयोग गरिरहेको छ । अहिले व्यवसायीहरुलाई बैंकहरुले पनि अप्ठ्यारो पारेका छन् । करका कुराहरु पनि छ । र, व्यवसायी थप समस्यामा छन् ।

अघिल्लो सामग्रीकृष्णकुमार गुप्तालाई दुई प्रश्न
यसपछिको सामग्रीउद्योग वाणिज्य संघलाई गतिशील बनाउनेछु