हेटौंडा, १४ चैत ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।
बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो ।
केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने बताउनुभएको हो ।
तर, अहिलेको राजनीतिक सङ्कटको निकासका लागि संसद विघटन पछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस र सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिले सम्म दाह्रा किटेर समर्थन कायम राखेको बताउनुभयो ।