चैत ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए पुनः संसद विघटन हुने चेतावनी दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन पनि सही भएको भन्दै अब पनि सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभए विघटन गरेर चुनावमा जानुको विकल्प नरहने बताउनु भएको हो ।
वैठकमा सहभागी भएका नेताहरुका अनुसार सरकार र संसद् चल्ने अवस्था नरहेपछि आफूले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेको जिकिर प्रधानमन्त्री ओलीको थियो । संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्दै उहाँले सरकार र संसद नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन घोषणालाई प्रतिगमन भनेकोमा पनि असन्तुष्टि ब्यक्त गर्नुभएको जनाइएको छ ।
राजनीति संसद विघटन फेरि पनि हुनसक्छ: प्रधानमन्त्री ओली